२०८२ कात्तिक ३० , आइतबार

किशोर र वयस्कविच अन्तरपुस्ता सम्वाद



विरेन्द्रनगर नगरपालिका-९, सुर्खेतमा किशोर र वयस्क पुरुष विचको अन्तरपुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ ।

शुक्रवार उक्त वडाभित्रका विभिन्न समुदायका किशोरहरु र वयस्क पुरुषहरुलाई एउटै ठाउँमा राखेर सो कार्यक्रम गरिएको हो ।

विषद पुरुषत्वको अन्त्यका विषयमा अन्तरपुस्ताको रुपमा रहेका दुई वटा उमेर समुहका व्यक्तिहरुलाई सहभागी गराई पुरुषत्वको धारणाले पुरुषहरु प्रभावित छन भन्ने कुराको जानकारी लिने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएका छन । कार्यक्रममा सहभागीहरुले परम्परागत सोचवाट माथी उठेर समय अनुकुल परिवार र समाजमा भुमिका निभाउन सो कार्यक्रम गरिएको सहजकर्ता रमा भण्डारीले जानकारी भयो । उहाँले अन्तरपुस्ता विचको वुझाईलाई सकारात्मक सन्देश प्रवाह गर्न यस्ता कार्यक्रम लाभदायी हुने वताउनु भयो ।

आवाज सस्थाद्वारा सन्चालित सशक्त महिला समृद्द नेपाल परियोजना अन्तर्गत गरिएको सो कार्यक्रममा ५० जना किशोर र वयस्क पुरुषहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार