काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिले समानुपातिक सांसद छान्न भर्चुअल वैठक गर्ने भएको छ ।
स्वास्थ्यमा समस्या देखिएर आराम गरिरहेका पार्टी सभापति रवि लामिछानेसँगको कुराकानीपछि भर्चुअल वैठक गरि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने प्रवक्ता मनिष झाले जानकारी दिएका छन।
निर्वाचनका बाँकी प्रक्रिया पूरा भइसकेपछि नयाँ सरकार गठन गर्न थप १० दिन जति लाग्नसक्ने प्रवक्ता झाले वताएका छन ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउने भएको छ ।
प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्