नारायण नगरपालिका दैलेखलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा सबै योग्य लाभग्राहीको पहुँच सुनिश्चितता नगर घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमका विच नारायण नगरपालिकालाई औपचारिक रुपमा घोषणा गरिएको हो।
सो नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा सबै लाभग्राहीको पहुँच रहेको दावी गर्दै सोही सूचकहरु पूरा गरेपश्चात नगर घोषणा कार्यक्रम गरिएको वुझिएको छ। नारायण नगरपालिका सो घोषणा गर्ने नेपालकै पहिलो नगरपालिका भएको नगरप्रमुख लोमन शर्माले वताउनु भएको छ। नगर प्रमुख शर्माले यस कार्यलाई सफलतामा पुर्याउन सहजिकरणमा सहयोग गर्ने सेभ द चिल्ड्रेन र एभरेष्ट क्लवको साझेदारीमा सन्चालित पहुँच परियोजनालाई धन्यवाद दिनुभयो ।
घोषणा सभामा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सामाजिक सुरक्षा भत्ताको सदुपयोग गर्न उचित ठाउँमा लगानी गर्न अनुरोध गर्दै यसका लागि लाभग्राही नागरिक र सरकारबीचको समन्वय हुनु आवश्यक रहेको बताउनु भएको थियो।
सो कार्यक्रममा वोल्दै मन्त्री भण्डारीले सामाजिक सुरक्षा अन्तर्गत कर्णाली प्रदेश सरकारले शैक्षिक छात्रवृत्ति, छोरीबुहारी छात्रवृत्ति, बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम जस्ता प्रभावकारी कार्यक्रमहरु सञ्चालनमा ल्याएको पनि जानकारी दिनु भयो।
सन् २०३० सम्म सामाजिक सुरक्षामा सबै नागरिक पहुंच सुनिश्चितता गर्ने लक्ष सरकारको रहेको छ। जसको शुभारम्भ गर्नेमा पहिलो नारायण नगरपालिका हुन सफल भएको छ ।









प्रतिक्रिया दिनुहोस्