दैलेखमा अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ३४ औँ अन्तराष्ट्रीय अपाङ्गता दिवस मनाईएको छ ।
सो अवसरमा गुराँस गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, पहुचयुक्तता तथा उपयुक्त अनुकुलता सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टोप बहादुर बि.सि.ले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नमा गाउँपालिका अग्रसर रहेको जानकारी दिनु भएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई जिविकोपार्जनसँग जोड्न सकियो भने उनिहरुको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्नमा सहयोग पुग्ने उहाँले बताउनु भएको थियो। अपाङ्गता विकास मञ्च गुराँसका अध्यक्ष रमेश कुमार केसिले स्थानिय सरकारले अपाङ्गता समावेशी विकासका लागि धेरै कार्य गर्न बाँकी रहेको बताउदै अपाङ्गता क्षेत्रमा बजेट छुट्याउनु पर्ने माग राख्नु भएको थियो । कार्यक्रममा अपाङ्गता समावेशी विकास, पहुँचयुक्त पूर्वाधार, रोजगारीको व्यवस्थाको माग गर्दै विभिन्न ११ बुँदे माग सहित गुराँस गाउँपालिका अध्यक्षलाई अपाङ्गता विकास मञ्चले ज्ञापन पत्र बुझाएको थियो ।
त्यसैगरी डुङ्गेश्वर गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुसँग अन्तक्रियात्मक कार्यक्रम, चुप्रा बजारमा विभिन्न प्ले कार्ड सहित र्याली निकालिएर सो दिवश मनाईएको छ । उक्त कार्यक्रम सम्पन्न गर्नका लागि स्थानिय तहसँग सिबिएम ग्लोबल र एभरेष्ट क्लबको साझेदारीमा सञ्चालित विकास परियोजनाले सहजीकरण गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्