काठमाडौ । आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालय बैठकले समानुपातिक तर्फका ५७ जनाको नाम चयन गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार क्लस्टर अनुसार खसआर्यतर्फ १७, जनजातितर्फ १६, दलिततर्फ ८, मुस्लिमतर्फ ३, मधेसीतर्फ ९ र थारू क्लस्टरतर्फ ४ जनाको नाम चयन गरिएको र चयन गरिएकामध्ये ४८ जना महिला रहेको वुझिएको छ ।
ती नामावली आजै निर्वाचन आयोगमा बुझाउने र आयोगले नामावली रुजु गरेपछि आधिकारिक रूपमा सार्वजनिक गर्ने प्रवक्ता झाले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्