२०८३ वैशाख १ , मंगलबार

रास्वपा निर्वाचित सांसदहरूलाई अभिमुखिकरण



काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीहरूले निर्वाचित सांसदहरूलाई आजबाट अभिमुखीकरण शुरु गरेको छ ।

आज र भोलि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा गरिएको अभिमुुखिकरण कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आमन्त्रित प्रशिक्षकले प्रशिक्षण दिने वुझिएको छ ।

कार्यक्रमको आज विहान ९ वजेदेखी सुरुवात भएको जनाईएको छ ।सो कार्यक्रममा संसदका पूर्व सचिव सुरेश अधिकारीले संसदको संरचना कार्यप्रणालीबारे जानकारी गराउने कार्यसूची रहेको छ।कार्यक्रममा सहभागी सांसदहरूलाई समूहमा विभाजन गर्ने, उनीहरूबीच पारस्परिक चिनजान गराउने, समूहमा कार्य गर्न सक्ने सीपको विकास गराउने तालिका रहेको रास्वपाले जनाएको छ । पार्टिका उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे प्रशिक्षण दिनेछन् । वाग्ले वाचापत्र लेखन समितिका संयोजकसमेत थिए। कानुन सचिव तोयानाथ अधिकारीले कानून निर्माणमा संसदको भूमिका र अध्येता दोभान राईले समग्र विषयमा छलफल चलाउनेछन । कार्यक्रममा डिजिटल युगमा नागरिकसँग संवाद कसरी कायम गर्ने, प्रभावकारी सञ्चारको प्रयोग कसरी गर्ने भन्नेबारे कार्यसूची रहेको र कार्यसूची, प्राथमिकताको निर्धारणमाथि रहेर सामूहिक छलफल गराइनेछ।

सो अभिमुकरण कार्यक्रममा भावी प्रधानमन्त्री बालेन्द्र शाहको भूमिकाबारे केही पनि प्रष्ट पारिएको छैन ।

प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार