सेवा अवधि नसकिँदै एआईजी केसीले दिए राजीनामा



काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् ।

अवकाशमा जान एक महिनाअघि नै उनले आइतबार राजीनामा दिएका हुन् । उनको राजीनामापत्र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । र, मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी अवकाशमा जानेछन् ।

केसी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । उनी हालका प्रहरी प्रमुख आईजीपी बसन्तबहदुर कुँवर कै ब्याजी हुन् ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार