भेरी नदीमा बेपत्ता भएका अर्का एकजनाको पनि शव फेला



काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोरले शव फेला पारेको हो ।

आइतबार दिउँसो पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने १८ वर्षीय अर्जुन झाक्री मगरको शव फेला परेको हो ।

यसअघि माघ २४ गते सोही ठाउँ बस्ने २४ वर्षीय अनिल घर्तीको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो । उनीहरू निमार्णधीन झोलुंगे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो नदीमा खसेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली उनीहरूको खोजीकार्यको लागि निरन्तर परिचालन भएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार