
महावु गाउँपालिकामा आज (शुक्रवार ) देखि विभिन्न रोगसम्वन्धी विशेषज्ञ चिकित्सकसहितको निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।
महावु गाउँपालिका, स्वास्थ्य शाखाको आयोजनामा शुरु भएको सो शिविर दुई दिनसम्म सन्चालनमा हुने वुझिएको छ । शिविरमा वालरोग, प्रसुती रोगसहित अन्य रोगको निशुल्क चेकजाँच र उपचार हुने आयोजकले जानकारी दिएका छन । महावु गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख रमेश दसौदिले शिविरमा वालरोग विशेषज्ञ डा. सुवास शर्मा, प्रसुती रोग विशेषज्ञ डा. धर्मराज रेग्मी, जनरल फिजिसियन डा. रहिस कोजु लगायत चिकित्सकद्वारा महावुवासीलाई निशुल्क चेकजाच र उपचार गरिने जानकारी दिनु भएको छ । उहाँले महावु गाउँ पालिका स्वास्थ्य शाखाको आयोजनामा सन्चालन भएको उक्त निशुल्क स्वास्थ्य शिविरवाट स्थानिय जनतालाई स्थानिय स्तरमा नै विशेषज्ञ शिविरवाट सेवा दिएर राहत प्रदान गर्न खोजिएको पनि वताउनु भएको छ ।
शनिवार अर्थात चैत्र ३० गतेसम्म सन्चालन हुने उक्त स्वास्थ्य शिविर महावु गाउँपालिका कार्यवाहक अध्यक्ष रामवहादुर शाहिको अध्यक्षतामा उद्घाटन गरिएको थियो भने शिविरको उदेश्यको वारेमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत उदयराज उपाध्यायले प्रष्ट पार्नु भएको थियो ।
उक्त विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविरमा चेकजाच र उपचारका लागि महिला, वालवालिका, जेष्ठ नागरिक तथा विभिन्न दिर्घरोगवाट पीडा भोगेका स्थानियको विहानैदेखी वाक्लो उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस्