दैलेखको महावु गाउँपालिकामा भरुवा वन्दुकको गोली लागेर एकजनाको ज्यान गएको छ । विहिवार राति सिकार खेल्न गएर घर फर्किने क्रममा सङ्गै गएका साथीले बोकेको भरुवा बन्दुक पड्केर गोली लाग्दा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
महाबु गाउँपालिका–४ बतासेमा स्थानिय सूर्यबहादुर थापा बलामी चिप्लिँदा उनले बोकेको बन्दुक पड्किएर पछाडी रहेको साथी पूर्णबहादुर थापा बलामीको छातिमा छर्रा लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।
बन्दुकको गोलीले पूर्णबहादुरको छातिको भागबाट ढाड छेडेको वुझिएको छ । पोष्टमार्टमका लागि उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्