
रोजगारीका लागि दैलेखका दुईवटा स्थानिय तहमा रहेका अपांगता भएका व्यक्तिहरु सीप सिक्न थालेका छन ।
जिल्लाका डुङ्गेश्वर गाउँपालिका र गुराँस गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरु रोजगारीका लागि सिप सिकेर आत्मनिर्भर हुन खोजेका छन ।
दुबै पालिकामा अपाङ्गता भएका व्यक्तिहरुको ज्ञान र सिपमा अभिबृद्धि गर्दै आर्थिक तथा सामाजिक अवस्था सुधार ल्याउने उदेश्यले ७८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवासायिक बाख्रापालन सम्बन्धी सिप मूलक तालिम प्रदान गरिएको एभरेष्ट क्लव दैलेखका कार्यक्रम संयोजक सेत लाल डाँगी ले जानकारी दिनुु भयो ।
अपाङ्गता भएका व्यक्तिहरुलाई ५ दिने आफ्नो व्यवसाय शुरु तथा सुधार गरौं तालिम मार्फत छनौट गरेको व्यवसायको व्यावसायिक योजनाको आधारमा व्यावसायिक सिपमूलक तालिम प्रदान गरिने जानकारी कार्यक्रम संयोजकले दिनुभयो । व्यावसायिक सिपमूलक तालिम प्राप्त गरिसकेका अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवसाय सञ्चालनका लागि स्टार्ट अप सहयोग पनि गरिने बताइएको छ ।
उक्त सिपमूलक तालिमको सहजिकरण विकास परियोजनाका जिविकोपार्जन अधिकृत कुशल श्रेष्ठ र सम्बन्धित पालिकाका पशु सेवा शाखाका प्राविधिकहरु बाट सञ्चालन गरिएको छ ।
सिविएम नेपाल, एभरेष्ट क्लब, दैलेख र ती दुईवटा गाउँपालिकासँगको समन्वयमा सञ्चालन भैरहेको विकास परियोजनाले उक्त सिपमूलक तालिम सञ्चालन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्