
कर्णाली प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जिम्मेवारी पाएका छन ।
तीन महिनादेखि नेतृत्वविहिन अवस्थामा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयकाे जिम्मेवारी श्रेष्ठलाई दिइएकाे छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएसङ्गै श्रेष्ठले कर्णाली प्रहरीकाे नेतृत्वको जिम्मेवारी पाएका हुन् ।
गत जेष्ठ १३ गते बढुवाको निर्णय गरेर सूचना जारी गरेपछि प्रहरी प्रधान कार्यालयले कर्णालीकाे प्रहरीकाे जिम्मेवारी श्रेष्ठलाइ दिएकाे हाे ।
कर्णाली प्रदेश प्रहरी कार्यालयकाे जिम्मेवारीमा पदस्थापन गरिएका श्रेष्ठले यसअघि प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँदा दैलेख प्रहरी प्रमुखकाे जिम्मेवारी कुशलतापुर्वक कार्यकाल सम्पन्न गरेका थिए ।
श्रेष्ठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा पनि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्