२०८२ जेठ २६ , सोमबार

किशोर र वयस्क पुरुषविच अन्तरपुस्ता सम्वाद



विरेन्द्रनगर नगरपालिकाको दुईवटा वडामा किशोर र वयस्क पुरुष विचको अन्तरपुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ ।

स्थानिय समुदायका किशोरहरु र वयस्क पुरुषहरुलाई एउटै ठाउँमा राखेर सो कार्यक्रम वडा नम्वर १० मा शुक्रवार र वडा नम्वर ११ मा शनिवार सम्पन्न गरिएको हो ।

विषद पुरुषत्वको अन्त्यका विषयमा अन्तरपुस्ताको रुपमा रहेका दुई वटा उमेर समुहका व्यक्तिहरुलाई सहभागी गराई पुरुषत्वको धारणाले पुरुषहरु प्रभावित छन भन्ने कुराको जानकारी लिने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको वुझिएको छ । कार्यक्रममा सहभागीहरुले परम्परागत सोचवाट माथी उठेर समय अनुकुल परिवार र समाजमा भुमिका निभाउन

सो कार्यक्रमका प्रशिक्षक रत्न वुढाले समाजमा अन्तरपुस्ता विचको वुझाईलाई सकारात्मक सन्देश प्रवाह गर्न यस्ता कार्यक्रम लाभदायी हुने वताउनु भयो ।

आवाज सस्थाद्वारा सन्चालित सशक्त महिला समृद्द नेपाल परियोजना अन्तर्गत गरिएको सो कार्यक्रममा १ सय ३० जना किशोर र वयस्क पुरुषहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार