नेपाल औषधि व्यवसायी संघ दैलेखको नयाँ कार्यसमिति चयन भएको छ ।
शनिवार दैलेख सदरमुकाममा भएको नेपाल औषधि व्यवसायी संघ दैलेखको दोस्रो साधारण सभा तथा अधिवेशनवाट ७ सदस्यीय कार्यसमिति चयन भएको हो । संघको अध्यक्षमा ईन्द्रवहादुर खत्री, उपाध्यक्षमा भुवनवहादुर खड्का, महासचिवमा शर्मिला कार्की, कोषाध्यक्षमा रुद्रवहादुर खड्का, सदस्यहरुमा टिकाराम ढकाल, असिम डिसी र वसन्त वोहोरा सर्वसम्मत निर्वाचित भएका छन ।
निर्वाचित भएपछी अध्यक्ष खत्रीले जिल्लामा सम्पुर्ण औषधि व्यवसायीको हकहितमा नवनिर्वाचित कार्यसमितिले जिम्मेवारीपूर्वक काम गर्ने कुरामा प्रतिवद्दता जनाउनु भएको थियो ।
यसअघि संघको नेतृत्व औषधि व्यवसायी यामवहादुर मल्लले गर्नु भएको थियो ।
प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्