दैलेखको ठाटिकाध गाउँपालिका-१, सिराडिमा विहिवार राती अचम्मको घटना भएको छ । सो घटना सुनेर स्थानिय मात्र होईन, जिल्लाको सुरक्षा निकायका प्रमुख समेत आश्चर्यमा परेका छन ।
राती करिव ९ बजेतिर घर नजिकै रहेको परालको टौवामा आगो एक्कासी आगो लागेपछि सुत्ने तरखरमा रहेका घरपरिवार आगो निभाउन त्यतैतिर दौडिन्छन । घरमा एक महिना कि वालिकालाई एक्लै छोडेर हतासिदै सवै आगो निभाउन गएर फर्केपछी घरमा पुग्दा उनिहरु अत्तालिन्छन । आगो निभाउन गएर घरमा फर्केको १५-२० मिनेटको अन्तरालमा एक्लै छोडिएकी ती वालिका सुताईएको ठाउँमा भेटिदैनिन । त्यसपछी अत्तालिदै घरका सवै उनको खोजीमा लाग्छन, तर उनी भेटिदैनिन । घरमा रुवावासी शुरु हुन्छ, वालिकाका वुवा वमवहादुर वुढाले ठाटिकाध प्रहरी चौकीमा घटनाको वारेमा खवर गर्छन । खवर पाएपश्चात चौकीवाट जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछी वालिकाको खोजीमा व्यापक प्रहरी परिचालन हुन्छ, तर शुक्रवार साढे ७ बजेसम्म ती वालिका भेटिएकी छैनिन ।
यस घटनाका विषयमा जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल दाहालसङ्ग वुझ्दा ती वालिकाको खोजीकार्यका लागि दुल्लु ईलाका प्रहरीवाट थप प्रहरी परिचालन गरिएको जानकारी दिनु भएको छ । सो घटनाका सन्दर्भमा आफुपनी आश्चर्यमा परेको उहाले वताउनु भयो । कसरी यो घटना भयो ? कसले गर्यो ? भन्ने कुरामा अनुसन्धान कार्यमा प्रहरी गम्भीरतापुर्वक लागिरहेको उहाको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्