राजतन्त्रको पक्षधरले तोडफोड र लुटपाट गरेको भाटभटेनी सुपरमार्केटले घटनापछी मर्मत कार्यमा खटिएका कर्मचारीलाई सम्मान गर्ने भएको छ ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले वुधवार बिहान काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी परिसरमा उनीहरूलाई सम्मान गर्न लागेका हुन् । भारभटेनीमा तोडफोड र लुटपाट गरिरहँदासमेत आफ्नो कर्तव्य पूरा गरि व्यवसायलाई निरन्तरता मर्मत सम्भारको काममा खटिएकाले थप मनोबल बढाउन कर्मचारीलाई सम्मान गर्न लागेको वुझिएको छ ।
तीनकुनेमा गत शुक्रवार राजातन्त्र पक्षधरले गरेको आन्दोलनमा भाटभटेनी पनि निशानामा परेको थियो । त्यसबाट ८० लाख रुपैयाँभन्दा बढी क्षति पुगेको मूल्याङ्कन गरिएको छ ।
प्रकाशित मिति : २०८१ चैत १९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्