जलवायु उत्थानशील समाज निर्माणका लागि योजना तर्जुमामा युवाहरुको संलग्नता सम्वन्धी अभिमुखिकरण सम्पन्न गरिएको छ ।
व्रिटिस काउन्सिलको आर्थिक सहयोग, नेपाल युवा संस्था संञ्जाल (आयोन) र स्थानीय सरोकार समूह सुर्खेतको साझेदारीमा संचालित ग्रान्ट अन्डर युथ फर क्लाइमेट एण्ड सोसल एक्सन प्रोजेक्ट (YCSA) अन्तर्गत शनिवार गुर्भाकोट नगरपालिका वडा नं ६ मा सो अभिमुखिकरण सम्पन्न गरिएको हो ।
जलवायु परिवर्तनको असरको कारण पर्ने औसत तापक्रम,दिर्घकालिन औसत वर्षामा परिवर्तन, दिर्घकालिन वर्षाको प्रवृत्तिमा हुने परिवर्तन र दिर्घकालिन रुपमा हावाहुरी,बतासको चालमा देखिएको परिवर्तनले मानव जीवनको दैनिक कृयाकलापमा असर पार्ने भएकोले यसतर्फ युवाहरुलाई सचेत बनाउने उद्देश्यले उक्त अभिमुखिकरण गरिएको आयोजकले जानकारी दिएका छन ।
आयोजकका अनुसार जलवायु परिवर्तनका कारण अस्थिर र कमलो भौगर्भिक संरचना,सम्बेदनशिल र विविध पारिस्थितिक प्रणाली,मुख्य नदिहरुको श्रोत हिमालय र हिमनदीहरुमा आएको वदलावका कारण कृषि तथा खाद्य सुरक्षा,जलश्रोत तथा उर्जा,वन तथा जैविक विविधता,ग्रामिण तथा शहरी वसोवास,स्वास्थ्य र खानेपानी,पर्यटन,उद्योग यातायातर भौतिक पूर्वाधारमा क्रमिकरुपमा असर देखिदै आएकोले युवाहरु मार्फत उत्थानशिल समाज निर्माण आवश्यक देखिएकोले सो कार्यक्रम सन्चालन गरिएको वुझिएको छ । कार्यक्रममा वन विनासबाट हुने उत्सर्जन घटाउन,वृक्षारोपण गर्न आगलागी नियन्त्रण गर्न हरित गृह या सहर र तिनको असर वृद्धिदर घटाउन र हरित शहर र गाउँको अवधारणा विकास गरी उत्थानशील समाज निर्माणमा युवाहरु सहितको योजना तर्जुमा लाई जोड दिइएको थियो ।
यसैगरी स्थानीय तहको योजना तर्जुमा तथा बजेट निर्माणका सात चरण सम्बन्धी पनि युवाहरुलाई अभिमुखिकरण गरिएको थियो । योजना तर्जुमा र बजेट निर्माण गर्दा समुदायस्तरबाट नै जलवायु उत्थानशील समाज निर्माणमा सहयोग पुग्ने र विपद जोखिम न्यूनिकरण गर्ने प्रकृतिका योजनाहरु छनौट गर्नुपर्ने कुरामा विशेष जोड दिइएको थियो । अभिमुखीकरण कार्यक्रममा वडा नं ६का जनप्रतिनिधिहरु,विभिन्न क्षेत्रमा कार्यरत युवाहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण स्थानीय सरोकार समूह सुर्खेतका अध्यक्ष खिम रेग्मी र सचिव चन्द्रबहादुर थापाले गरेका थिए भने स्थानीय व्यवस्थापन प्रोजेक्ट लिड हिमाल रेग्मीले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्