२०८२ जेठ २६ , सोमबार

एसईई परिक्षा मर्यादित वनाउन सवैको सहयोग अपरिहार्य



यहि चैत्र ७ गतेदेखी सन्चालन हुन लागेको एसईई परिक्षा मर्यादित वनाउन सवैको सहयोग अपरिहार्य रहेको सरोकारवालाहरुले वताएका छन ।

सोमवार दैलेखमा एसईई परीक्षाका केन्द्राध्यक्षहरुको अभिमुखीकरण कार्यक्रममा वोल्दै सरोकारवालाहरुले मर्यादित परीक्षाले गुणस्तर मापनमा सहयोग पुग्ने धारणा राखेका थिए ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले  परीक्षालाई मर्यादित बनाउन सबै क्षेत्रको सहयोग भएमा जिल्लाका सवै केन्द्रमा सन्चालन हुने एसईई परिक्षा सम्पन्न गर्न सहज हुने वताउनु भएको छ ।
एसईई परीक्षा समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नवराज जैसीले परीक्षामा लापरवाही गर्ने र नियतवस गलत गर्ने जो कोहिलाई कानुनी कारवाही गर्ने भन्दै सवैले ईमान्दारपुर्वक जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख सुनिल दाहालले परीक्षा सुरक्षा निम्ति प्रभावकारी पूर्वयोजना बनाइएको र कठिनाई पर्दा छिटोछरितो सूचना दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई दैलेखका कार्यालय प्रमुख रमेश मल्ल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, शिक्षक महासंघका उपाध्यक्ष मणिराम पोखरेलले एसईई परीक्षालाई सुव्यवस्थित बनाउन विद्यालय व्यवस्था समिति, अभिभावक, विद्यार्थी र समुदायको सहकार्य अनिवार्य रहेको धारणा राख्नु भएको थियो ।
यसवर्ष दैलेखका २७ वटा परीक्षा केन्द्रबाट नियमित तर्फ ४ हजार ५ सय ४ र ग्रेडबृद्धिका १ हजार ४यस ९६ समेत ६ हजार १ सय ९६ जना विद्यार्थी एसईई परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी रतन बिष्टले जानकारी दिनुभयो । उहाँले १ सय १२ सरकारी सामुदायिक विद्यालय, ३ वटा संस्थागत अर्थात बोर्डिङ्ग र एउटा धार्मिक विद्यालय रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार