दाङमा आधा किलो सुनसहित एक जना पक्राउ



काठमाडौं । आधा किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१५ मिलन चोकका २५ वर्षीय रन्जित रसाइली छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दाङको टोली गत शुक्रबार साँझ ६ बजेतिर पक्राउ गरेको हो ।

उनीबाट दुई थान सिक्री र एक थान सुनको डल्ला गरी ४९७.०४ ग्राम सुन बराबद गरिएको दाङका डीएसपी चक्रबहादुर शाहले बताए ।

उनले मोटरसाइकल प्रयोग गरी अवैध सुन ओसारपसार गरेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि उनी सवार लु ४६ प ६१६१ नमबरको मोटरसाइकलमा सवार उनलाई तलासी गर्दा उक्त सुन फेला परेको हो ।

यसका साथै उनीबाट १ लाख ७ हजार ८ सय रुपैयाँ पनि बरामद भएको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार