२०८२ जेठ २९ , बिहीबार

रुख काट्दा च्यापिएर दुई जनाको मृत्यु



दैलेखको जिल्ला भैरबी गाउँपालिका – ५ सियाला सामुदायिक बनमा रुख काटने क्रममा च्यापेर दुई जनाको मृत्यु भएको छ । गाउँमा बर्ष दिनकाे बरखीकाे लागी रूख काट्न गएका ४९ बर्षका तर्क वहादुर शाही र २७ बर्षका ईन्द्र वहादुर शाहीको सल्लाको रुख ढाल्दा रुखले च्यापेर मृत्यु भएकाे स्थानिय अगुवा देबिराम आचार्यले जानकारी दिए ।
रुख च्यापेर दुई जनाको मृत्यु भएको खबर आएपछि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले बताए । प्रहरी प्रमुख दाहालले घाइते दुई जनालाइ उपचारको लागि लैजादै गर्दा ज्यान गएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ चैत १ गते शुक्रबार