हिंसा हटाउन किशोरीलाई अभिमुखीकरण



सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको किशोरीहरुसँग विभिन्न खालका हिंसाका विषयमा अभिमुखीकरण गरिएको छ । सोमवार नगरपालिकाभित्रका २० जना किशोरीहरुसँग लैँगिक हिंसा, वालविवाह, यौनशोषण र दुव्र्यवहार जस्ता विषयमा छलफल गरिएको हो ।

नगरस्तरिय किशोरी संजालमा आवद्ध ति किशोरीहरुलाई सरकारी तथा गैरसरकारी सेवाप्रदायक निकायवारे जानकारी, वालहेल्पलाईन, टोलफ्रि नम्वर र मनोविमर्श सेवासम्वन्धी कुरावारे जानकारी गराईएको थियो । कार्यक्रममा सहभागी किशोरीहरुले हिंसावाट आफु सुरक्षित हुने र समाजमा त्यस्ता खालका हिंसा हुन नदिन भुमिका खेल्ने कुरा राखेका थिए । उनीहरुले संजालमार्फत आगामी दिनमा हिंसा न्यूनिकरणका लागि विभिन्न खालका अभियान संचालन गर्ने पनि वताएका थिए ।

किशोरीहरुलाई टिपिओ नेपालका मनोविमर्शकर्ता विमला खड्काले मनोसामाजिक, मानसिक, डिप्रेसन र एन्जाईटी जस्ता समस्यावारे जानकारी दिर्दै त्यस्ता समस्यालाई समाधान गर्न सकिने जानकारी दिएकी थिईन् । आवाज संस्थाका मामला व्यवस्थापन अधिकृत लिला खत्रीले नगरस्तरिय किशोरी संजाल गठन भएको र सो संजाललाई क्रियाशिल राख्न अभिमुखीकरण गरिएको वताईन् ।

सो अभिमुखीकरण कार्यक्रम आवाज संस्था, सशक्त महिला, समृद्ध नेपाल अभियान अन्र्तगत विरेन्द्रनगर नगरपालिकासँगको सहकार्यमा गरिएको थियो ।

प्रकाशित मिति : २०८१ फागुन २६ गते सोमबार