
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशलाई सदनमा निर्णयार्थ प्रस्तुत गर्ने बेला नभएको बताएको छ। आइतबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारले अध्यादेश सम्बन्धमा सोधिएको प्रश्नबारे उनले अध्यादेशलाई मत विभाजनमा लैजाने बेला नभएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आई नसकेको उल्लेख गरे। उनले अध्यादेश इफेक्टिभ रहेको उल्लेख गरे।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छ वटा अध्यादेश जारी गरेको थियो। संसद् नियमावली अनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ।
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार
प्रतिक्रिया दिनुहोस्