२०८२ माघ ७ , बुधबार

महावुमा निशुल्क मोतिविन्दु अप्रेसन शिविर संचालन हुँदै



दैलेखको महावु गाउँपालिकामा निशुल्क मोतिविन्दु अप्रेसन शिविर संचालन हुने भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी महावु उप-शाखाको समन्वयमा यहि मंसिर ३ र ४ गते महावु अस्पताल गैडावाजमा हुने भएको हो । उक्त शिविर सन्चालन अगाडि गाउँपालिकाका सवै वडाका स्वास्थ्य केन्द्रमा एकदिने मोतिविन्दु छनौट आँखा शिविर सन्चालन भैरहेको महावु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेशकुमार दसौदिले जानकारी दिनु भयो । उहाँले सो छनौट शिविरवाट पत्ता लागेका मोतिविन्दुको समस्या भएका व्यक्तिहरुको अप्रेसन शिविरमा निशुल्क उपचार हुने वताउनु भयो ।

महावु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयराज उपाध्यायले वडागत रुपमा पहिचान भएका मोतिविन्दुका विरामीहरुलाई शिविरमा दक्ष स्वास्थ्यकर्मीवाट निशुल्क अप्रेसन गरिने वताउनु भयो । सो शिविरवाट स्थानियस्तरमै नागरिकले सेवा प्राप्त गर्न पाउने अवसर रहेको पनि उल्लेख गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष जङ्गवहादुर शाहिले मोतिविन्दु अप्रेसन शिविरलगायत विगतमा विभिन्न विशेषज्ञ स्वास्थ्य शिविर सन्चालन गरेर गाउँपालिकाले स्वास्थ्य सेवा गाउँमै उपलव्ध गराउदा धेरै जनता लाभान्वित भएको दावी गर्नु भयो ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार