सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका ५ वटा वडाका २ सय ५० जना किशोर र वयस्क पुरुष विचको अन्तरपुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ ।
विरेन्द्रनगर नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११ र १३ का वडाभित्रका विभिन्न समुदायका ती किशोरहरु र वयस्क पुरुषहरुलाई एउटै ठाउँमा राखेर सो कार्यक्रम गरिएको हो ।
पुरुषत्वको धारणाले पुरुषहरु कसरी प्रभावित छन भन्ने कुराको जानकारी प्रदान गर्ने, विषद पुरुषत्वले कसरी सहभागीहरुलाई असर गरेको छ भन्ने वारेमा अनुभव आदानप्रदान गर्ने, समाजले तयार पारेको वास्तविक पुरुषलाई कसरी चिर्न सकिन्छ र लैङ्गिक समानता कायम गर्न किशोर र पुरुषहरुको प्रतिवद्दता संकलन गर्ने सो कार्यक्रमको उदेश्य रहेको घटना व्यवस्थापक लिला खत्रीले जानकारी दिनुभयो ।
अन्तरपुस्ताको रुपमा रहेका दुई वटा उमेर समुहका व्यक्तिहरुलाई सहभागी गराई पुरुषत्वको धारणाले पुरुषहरु प्रभावित छन भन्ने वारे जान्न पाएको सहभागीले वताएकाछन । उनिहरुले परम्परागत सोचवाट माथी उठेर समय अनुकुल परिवार र समाजमा भुमिका निभाउन सो कार्यक्रम आवश्यक रहेको धारणा समेत व्यक्त गरेका छन ।
आवाज सस्थाद्वारा सन्चालित सशक्त महिला समृद्द नेपाल परियोजना अन्तर्गत सो कार्यक्रम सन्चालन गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्