दैलेखको गुराँस गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरु तथा उनको परिवारका सदस्यहरुलाई वाख्रा वितरण गरिएको छ । जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले अपाङ्गता भएका व्यक्तिहरु तथा उनको परिवारका सदस्यहरुलाई वाख्रा वितरण गरिएको हो।
शनिवार गुराँस गाउँपालिका-२ पुरैनि र १ सेफ्टीमा ८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ४० वटा बाख्रा बितरण गरिएको जिविकोपार्जन अधिकृत कुशल श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा गुराँस गाउँपालिका उपाध्यक्ष शिवा कुमारी खड्का, वडाध्यक्ष, एभरेष्ट क्लबका कार्यसमिति सदस्य कमल बहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।
दैलेख जिल्लाको गुराँससङ्गै डुुुङ्गेेेश्वर गाउँपालिकाका करिब २ सय जना अपाङ्गता भएका व्यक्ति तथा उनको परिवारका सदस्यहरुलाई जिविकोपार्जनमा जोडेर आर्थिक तथा सामाजिक अवस्थामा परिवर्तन ल्याउने उद्देश्य सहित कार्य गरिरहेको र करिब ३१ प्रकारका फरक फरक व्यवसायमा आधारित उद्यमी तयार गर्ने उद्देश्य लिएको एभरेष्ट क्लव अन्तर्गत विकास परियोजनाका कार्यक्रम संयोजक सेत लाल डाँगीले जानकारी दिनुभयो ।
सिबिएम ग्लोबल, एभरेष्ट क्लब दैलेख र स्थानिय पालिकाको साझेदारीमा विकास परियोजना ती दुई गाउँपालिकामा सन्चालन भै अपाङ्गता भएका व्यक्ति र उनको परिवारलाई आर्थिक र सामाजिक रुपमा सहयोग गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्