
अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा बिरेन्द्रनगर नगरपालिका स्तरिय किशोरी सन्जालका सद्स्य र रुपान्तरण कक्षाका किशोरीहरुसङ्ग महिनावारी स्वच्छतावारे अभिमुखिकरण तथा छलफल गरिएको छ ।
वुधवार विरेन्द्रनगरस्थित आवास क्षेत्रको गुराँस पार्कमा भएको सो कार्यक्रममा महिनावारी महिलाको जीवनमा हुने एउटा प्राकृतिक र जैविक प्रक्रिया भएको तर समाजले महिलाहरूमाथि विभिन्न प्रकारका प्रतिबन्ध तथा विभेदहरू गरेको कुरामा छलफल भएको थियो। महिनावारी हुँदा गरिने विभेद र प्रतिबन्धहरू समुदाय, भौगोलिक क्षेत्र, जात, धर्म आदि अनुसार फरक–फरक भएको र त्यस्ता रूढीवादी सोच, व्यवहार र अभ्यासहरू तोड्नु अत्यावश्यक रहेको कार्यक्रमको निष्कर्ष रहेको थियो ।
आवाज सस्था, सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत सकारात्मक लैङ्िगक मापदण्डहरुको विरुद्ध लैङ्िगक हिंसा रोकथाम र यसका सेवाहरुमा पहुँच अभिवृद्ध परियोजना अन्तरगत सो कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बिरेन्द्रनगरका ३० जना किशोरीहरुको सहभागीता रहेको थियो । सो कार्यक्रमको सहजीकरण सिनियर अनमी अधिकृत सीता शर्माले गर्नु भएको थियो भने सामाजिक मनोपरामर्शकर्ता पर्वत परियारले कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्