
विरेन्द्र्नगर नगरपालिका स्तरीय किशोरी संजालका पदाधिकारीहरुलाई दुई दिने नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरिएको छ ।
सो तालिममा किशोरीहरुलाई लैङ्गिकता तथा सामाजिक समावेशीकरण अवधारणा र लैङ्िगक समानता र सामाजिक समावेशीका लागि भुमिकावारे सिकाईएको छ। तालिममा सहभागी किशोरीहरुले बालबालिका र किशोरीहरुको अधिकारहरुको बारेमा जानकारी पाउनुका साथै लैङ्िगकताको अवधारणा र यस्ले पारेको असरको बारे वुझ्न पाएका थिए।
शुक्रवार र शनिवार सन्चालन भएको तालिमको सहजिकरण विरेन्द्रनगर नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका छैठौं अधिकृत माधुरी न्यौपाने र अधिकारकर्मी रमा भन्डारीले गर्नु भएको थियो भने तालिमको व्यवस्थापन सामाजिक मनोबिमर्शकर्ता पवर्त परियारले गर्नु भएको थियो ।
तालिममा सहभागी नगरस्तरिय किशोरी सन्जालकि अध्यक्ष सृष्टि महताराले सन्जालको सम्पुर्ण सदस्यहरुले तालिमवाट यौन शोषण र दुर्व्यवहारको अवधारणाका साथै लैङ्िगक हिंसाका घटनामा रिपोर्टिङ गर्ने सिप र स्थानीय सरकारको सात चरणको योजना तर्जुमा प्रकृयामा किशोरीहरुले योजना पेस गर्ने सिप सिकेको बताउनु भयो ।
तालिममा किशोरीहरुले आफ्नो वडाको बालसंजालमा सिकाई हस्तान्तरण कार्यक्रमको योजाना निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।
आवाज सस्थाको सभा हलमा सम्पन्न भएको सो तालिममा विरेन्द्रनगरका १ देखि १३ नम्वर वडाका २० जना किशोरीहरुको सहभगिता रहेको थियो ।
उक्त तालिम आवाज सस्था, सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत विरेन्द्रनगर नगरपालिकाका किशोरीहरुलाई प्रदान गरिएको
आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्