
विरेन्द्रनगर नगरपालिका, सुर्खेतका ५ वटा सामुदायिक विधालयमा रहेको गुनासो सुनुवाई समितिलाई गुनासो सुनुवाई तथा व्यवस्थापन सम्वन्धी २ दिने तालिम प्रदान गरिएको छ ।
नगरपालिकाको वडा नम्वर ८,९,१०,११ र १३ मा रहेका क्रमश: नेपाल राष्ट्रिय मावि, शिव मावी, जनसेवा मावी, शिव मावी र नेपाल राष्ट्रिय मावीमा रहेको गुनासो सुनुवाई समितिलाई सो तालिम प्रदान गरिएको हो । सो समितिमा जनप्रतिनिधि, विधालय व्यवस्थापन समिती, शिक्षक अभिभावक सङ्घ, प्रधानाध्यापक, शिक्षक र विधार्थीको प्रतिनिधित्व रहेको हुन्छ ।
सो तालिममा विरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले तालिमको सहजीकरण गर्दै सामुदायिक विधालयमा रहेको गुनासो पेटिकालाई नियमित सन्चालन गरि गुनासो रहित विधालय वनाउन समितिलाई अनुरोध गर्नु भएको थियो ।
तालिममा आवाज सस्थाका कार्यकारी निर्देशक पवित्रा गिरिले सामुदायिक विधालयको गुनासो सुनुवाईसम्वन्धी व्यवस्था राज्यको नितिमा भएको र यसको कार्यान्वयनको लागि सामाजिक सस्थाले सहयोग पुर्याएको प्रष्ट पार्नु भएको थियो । तालिममा आवाज सस्थाका उप-निर्देशक सुशील कार्कीले पनि सहजीकरण गर्नु भएको थियो ।
उक्त तालिममा एउटा विधालयवाट ७ जना गरि ३५ जनाको सहभागिता रहेको थियो ।
युरोपियन युनियनको आर्थिक सहयोग, संयुक्त राष्ट्र संघिय निकायहरुको संयुक्त अभियानमा सन्चालित सशक्त महिला समृद्द नेपाल अन्तर्गत आवाज सस्थाको आयोजनामा उक्त तालिम मिति २०८२ जेठ १ र २ गते विरेन्द्रनगरमा सन्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्