२०८३ जेठ १९ , मंगलबार

प्रधानमन्त्री ओली थाईल्याण्ड प्रस्थान



प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा भाग लिन आज (मंगलबार) बैंककतर्फ प्रस्थान गर्नु भएको छ।

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को निमन्त्रणामा ओली थाइल्याण्ड प्रस्थान गरेका हुन् । नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमणमा निस्किनु भएको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो।प्रधानमन्त्रीलाई बिदाइ गर्न उपप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । ओलीलाई बिदाइ गर्दै नेपाली सेनाको टुकुडीले सलामी अर्पण गरेको थियो ।

प्रकाशित मिति : २०८१ चैत १९ गते मंगलबार