२०८२ जेठ २७ , मंगलबार

कर्णालीका पत्रकारको सुरक्षाका लागि फ्री मिडिया नेटवर्क गठन



https://aamnagarik.com/wp-content/uploads/2025/03/FB_IMG_1741949787508.jpg

कर्णालीमा पत्रकारिता पेशालाई व्यवसायिक, मर्यादित र थप जवाफदेही बनाउन तथा पत्रकारहरूको भौतिक सुरक्षाका लागि फ्री मिडिया नेटवर्क गठन गरिएको छ ।

आईतवार सरकारी तथा गैरसरकारी संस्थाहरूको सहभागितामा कर्णाली प्रदेश नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश समितिको कार्यालयमा छलफल गरि फ्री मिडिया नेटवर्क गठन गरिएको हो ।

यस नेटवर्कले पत्रकारमाथि हुने हिंसा तथा जोखिम न्यूनीकरण गर्ने, समस्या पहिचान गर्ने र समाधानका लागि आवश्यक पहल गर्ने महत्वपूर्ण भूमिका खेल्ने वताईएको छ ।
महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णु प्रसाद शर्माको संयोजकत्वमा गठन गरिएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल, पूर्व काेषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, नेपाल प्रेस युनियनका उप-महासचिव कमल पन्त,कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, कानुन व्यवसायी, मानव अधिकार संस्था, नगरपालिका तथा गाउँपालिका महासंघका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
पत्रकारिता पेशालाई सुरक्षित, मर्यादित र उत्तरदायी बनाउन फ्रि मिडिया नेटवर्क प्रभावकारी रूपमा अघि बढ्ने सहभागी सरोकारवालाहरुले वताएका छन। पत्रकारहरूका गुनासा सम्बोधन गर्न, उनीहरूको समस्याको पहिचान गर्न र समाधानका लागि आवश्यक पहल गर्न नेटवर्कले विशेष जिम्मेवारी लिने वुझिएको छ ।

प्रकाशित मिति : २०८१ चैत ३ गते आइतबार